काठमाडौं । दुई कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्त रहेका छन् ।
माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनस बापतको नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय ५७ रुपैयाँ ३९ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६ सय ४१ रुपैयाँमा भएको थियो ।
त्यस्तै, नेशनल लघुवित्तको ७.५० प्रतिशत हकप्रद बापत नेप्सेले शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार १ सय ३४ रुपैयाँ ८८ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम १ हजार कारोबार २ सय २० रुपैयाँमा भएको थियो ।