images
images

५८ अंकले बढ्यो नेप्से, परिसुचक पुन : २१ सय विन्दुभन्दा माथि


  • 363
    SHARES
  • २०८० फाल्गुण २९ गते मंगलबार

    ५८ अंकले बढ्यो नेप्से, परिसुचक पुन : २१ सय विन्दुभन्दा माथि

    काठमाडौं । पछिल्लो समय नेप्से परिसूचक निरन्तर बढ्दो क्रममा रहेको छ। नयाँ अर्थमन्त्री नियुक्ति भएसँगै बढेको नेप्सेले, यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हाे। पछिल्लो समयदेखि २१ सय विन्दु भन्दा तल बन्द भइरहेकेो नेप्से , यस दिन २१ सय भन्दा माथि बन्द भएको छ । 

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.५८ अंकले बढेर २ हजार १ सय ११ दशमलव २५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ५ स्क्रिपको ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार २ अर्ब ९१ करोडको शेयर बराबरको शेयर कारोबार भएको थियो । मंगलबार कारोबारमा आएका २ सय २० कम्पनीको शेयर मूल्य बढेको छ । २२ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.४४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक ३.१५ प्रतिशत बढेको छ।

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको २४ करोड ९ लाख रुपैयााको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड ५२ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन रि–इन्स्योरेन्सको १५ करोड ७१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा जनउत्थान सामुदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्त वित्तीय संस्था रहेका छन् । त्यस्तै, सपोर्ट माइक्रोफाइनान्स, नाडेप लघुवित्त र अभियान लघुवित्त रहेका छन् । 

     

     

     


    images
    images

    Logo