काठमाडौं । मुक्तिनाथ विकास बैंक बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार ९.७५ प्रतिशत बोनस बापतको ६२ लाख ६० हजार ३ सय ७७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।