images
images

२२ अकंले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ९२ करोड


  • 317
    SHARES
  • २०८० फाल्गुण २७ गते आइतबार

    २२ अकंले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ९२ करोड

    काठमाडौं । साताको पहिलो दिन आइतबार २२.१० अंकले बढेर २ हजार ५२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ४ स्क्रिपको २ अर्ब ९२ करोड रुपैयाँ बराबरको ७० करोड ४३ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आइतबार १ सय ९४ कम्पनीको शेयर मूल्य बढेको छ । ४६ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्य सिथर छ । 

    आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर बाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको छ । जसमा लघुवित्त उपसमूहको सूचक ४।२१ प्रतिशतले बढेको छ भने लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्स, लगानी, होटल, विकास बैंक, फाइनान्स र म्युचुअल फण्ड उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। 

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ९३ लाख रुपैयााको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको७ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा विन नेपाल लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय रहेका छन् । महुली लघुवित्तको शेयर मूल्य ८.७२ प्रतिशतले बढेको छ । 

    यता चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.०६ प्रतिशतले घटेको छ भने पिपुल्स पावरको ६.९५ प्रतिशत, जोशी हाइड्रोपावरको ५.७९ प्रतिशत र मध्ये भोटेकोशीको ३.३४ प्रतिशतले घटेको छ।

     

     


    images
    images

    Logo