images
images

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, २६ जनाले पाए ५१ कित्ता शेयर


  • 686
    SHARES
  • २०८० फाल्गुण २५ गते शुक्रबार

    सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, २६ जनाले पाए ५१ कित्ता शेयर

    काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे सो आईपीओ बाँडफाँट भएको हो।


    कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। 

    सो शेयरमा कुल ९ लाख ६० हजार ३ सय १ जनाले ५ करोड ६ लाख १३ हजार ३ सय ६० कित्ता शेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ। जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने १ हजार ३ सय ४२ आवेदन रद्द भएको छ।

    मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन नियमावली अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो। जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

     यसरी बाँडफाँट गर्दा शेष रहेको २६ कित्ता पनि ५० कित्ताभन्दा बढी आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँट गरिएको छ। जस अनुसार २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता शेयर प्राप्त गरेका छन्।

     

     


    images
    images

    Logo