images
images

२१ अर्ब ५० करोड रुपैयाँ ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 344
    SHARES
  • २०८० फाल्गुण २४ गते बिहीबार

    २१ अर्ब ५० करोड रुपैयाँ ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले आइतबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी विल जारी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ भने बैंकले ९१ दिनको लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने भएको छ भने ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । 

    उक्त ट्रेजरी विल २८ दिनको चैत २७ गते परिपक्क हुनेछ  भने ९१ दिनको जेठ २९ गते परिपक्क हुनेछ । त्यस्तै, ३६४ दिनको फागुन २७ गते परिपक्क हुनेछ  । 

    यो ट्रेजरी विल आइतबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।

    एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका हुन्छन् ।



    images
    images

    Logo