काठमाडौं । तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा जीवन विकास लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् ।
जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनश बापतको १६ लाख ५४ हजार ८ सय ४७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, विहीबार युनाइटेड अजोड इन्स्योरेन्स १०.२६१२ प्रतिशत बोनश बापतको १९ लाख ५४ हजार ३ सय २० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशतले हुन आउने १९ लाख ८६ हजार २ सय २४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।यसरी तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नको लागि योग्य भएको छ ।