काठमाडौं । विहीबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अथात् बुधबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो ।
यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.५१ अंकले बढेर २ हजार ३० दशमलव ५५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ९ स्क्रिपको ३ अर्ब १९ करोड रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका १ सय ७६ कम्पनीको शेयर मूल्य बढेको छ । ५९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।
आज सबैभन्दा धेरै नेपाल रि–इन्स्योरेन्सको संस्थापक शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५६ करोड २० लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १६ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको १३ करोड ४१ लाख रुपैयााको शेयर कारोबार भएको छ । मोलुङ हाइड्रोपावर कम्पनीको १३ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा पिपुल्स हाइड्रोपावर रहेको छ । चिरख्वा हाइड्रोपावरको शेयर मूल्य ८.९७ प्रतिशतले बढेको छ । त्यस्तै, मध्य भोटेकोशी कम्पनीको ६ प्रतिशतले शेयर मूल्य बढेको छ ।



