images
images

८ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


  • 358
    SHARES
  • २०८० फाल्गुण २४ गते बिहीबार

    ८ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत ८ अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । ‘विकास ऋणपत्र २०८८ “झ” नाम दिइएको उक्त ऋणपत्रको अवधि ८ वर्षको हुनेछ ।

    सो ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था बीमा कम्पनी तथा नेपाली नागरिकले फागुन २९ अथात् आज ३ बजेभित्र अनलाइनमार्फत बोलकबोल गनुपर्ने छ । उक्त ऋणपत्रको निष्काशन फागुन ३० गते हुने बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ ।

    राष्ट्र बैंकले जारी गरेको ऋणपत्र बैंक तथा वित्तीय संस्था गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।  


    images
    images

    Logo