images
images

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार आजदेखि, शेयर कारोबार रोक्का


  • 370
    SHARES
  • २०८० फाल्गुण २४ गते बिहीबार

    सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार आजदेखि, शेयर कारोबार रोक्का

    काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन २४ गते) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। यी दुई लघुवित्त एक आपसमा मर्ज भई सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो।

    यी लघुवित्तहरु १ बराबर ०.८५३५ शेयर स्वाप अनुपातमा मर्ज भएका हुन्। भएर एकीकृत कारोबार सुरु गरेका हुन्। मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहनेछ।

    एकीकृत कारोबार सुरु भएसँगै यी लघुवित्तहरुको शेयर कारोबार आजदेखि १५ दिनका लागि रोक्का हुने भएको छ। धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम शेयर कारोबार रोक्का हुने भएको हो।

    यी दुई लघुवित्तहरुलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिएको थियो। असोज ३० गते सम्पन्न दुवै लघुवित्तको विशेष साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए।


    images
    images

    Logo