images
images

हकप्रद निष्काशन गर्न बाराही हाइड्रोपावर पायो आयोगको स्वीकृती


  • 299
    SHARES
  • २०८० फाल्गुण २४ गते बिहीबार

    हकप्रद निष्काशन गर्न बाराही हाइड्रोपावर पायो आयोगको स्वीकृती

    काठमाडौं । विद्युत नियमन आयोगले बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। आयोगले कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। 

    गत पुस २९ गते सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

     


    images
    images

    Logo