काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्न गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो।
हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ। शतप्रतिशत प्रतिशत हकप्रदपछि कम्पनीको पुँजी ९३ करोड १४ लाख पुग्नेछ। सो कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।