images
images

दुई लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेदेखि


  • 407
    SHARES
  • २०८० फाल्गुण २३ गते बुधबार

    दुई लघुवित्तको एकीकृत कारोबार फागुन ३० गतेदेखि

    काठमाडौं ।  नेरुड़े लघुवित्त र मिर्मिरे लघुवित्तले एकिकृत कारोबारको मिति तय गरेका छन् । यी दुबै  लघुवित्त आपसमा मर्जरमा जाने भएसँगै फागुन ३० गतेबाट एकिकृत कारोबार शुरु गर्ने भएका हुन् । 

    मर्जर पश्चात नेरुड़े मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।

    दुवै संस्थाको वैशाख १० गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा  प्राप्ति प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले कार्तिक ३ गते तथा नेपाल धितोपत्र बोर्डले कार्तिक २४ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो  ।  त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले फागुन२२ ८ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो  । 

    यस संगै यी कम्पनीले फागुन ३० गतेबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । यी दुई संस्था १ः१ को स्वापमा मर्ज हुन लागेका हुन् ।  

    एकिकृत कारोबारपछि संस्थाको रजिष्टर्ड कार्यालय साविक मिमिरेको कार्यालय रहेको स्थान काभे्रपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १३ मा रहने छ भने कर्पोरेट कार्यालय काठमाडौ र ललितपुर महानगरपालिका बाहेक काठमाडौँ उपत्यका भित्र रहने छ । 

    एकिकृत कारोबार सुरु हुने भएसंगै दुवै संस्थाको शेयर कारोबार फागुन २९ गतेदेखि बन्द रहने छ । शेयर लागत एकिकरण गरि शेयर पुनः सुचिकृत भएपछि  नेरुड़े मिर्मिरे लघुवित्तको नामबाट शेयर कारोबार खुल्ने छ । त्यस्तै कारोबार मिलानको लागि फागुन २९ गते दुवै कम्पनीको आर्थिक कारोबार बन्द हुनेछ । 

     


    images
    images

    Logo