images
images

२४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 263
    SHARES
  • २०८० फाल्गुण १६ गते बुधबार

    २४ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकास कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षा कोषमा रहेको २४ करोड रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बुधवार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो । 

    राष्ट्र बैंकले क वर्गाको वाणिज्य बैंकहरुमा १९ करोड २० लाख, ख वर्ग राष्ट्रिय वर्गका विकास बैंकहरुमा ३६ करोड र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड २ लाख रुपैयाँ लगानी गर्ने भएको छ । 

    निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई फागुन २० गते जानकारी गराउन  बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६६ दिनको हुनेछ । 


    images
    images

    Logo