images
images

१२ अर्ब रुपैयाँ ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ५ अर्बको नयाँ


  • 381
    SHARES
  • २०८० फाल्गुण १३ गते आइतबार

    १२ अर्ब रुपैयाँ ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ५ अर्बको नयाँ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले ९१ दिनको लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी विल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि ७ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । 

    उक्त ट्रेजरी विल ९१ दिनको जेठ १५ गते परिपक्क हुनेछ । त्यस्तै, ३६४ दिनको फागुन १३ गते परिपक्क हुनेछ  ।  यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।

    एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका हुन्छन् ।

     


    images
    images

    Logo