images
images

आधा दर्जन सीईओ र सञ्चालकहरु राष्ट्र बैंकको कारवाहीमा, को–को परे ?


  • 410
    SHARES
  • २०८० फाल्गुण २ गते बुधबार

    आधा दर्जन सीईओ र सञ्चालकहरु राष्ट्र बैंकको कारवाहीमा, को–को परे ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारवाही गरेको छ ।

    केन्द्रिय बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा विकास बैंक र वित्त कम्पनी तथा ती संस्थाका अध्यक्ष, संचालक र सिइओलाई कारबाही गरेको हो । उनीहरुले नियामक निकायबाट निर्देशित नियमन उल्लंघन गरे बापत चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा कारबाहीमा परेका हुन् ।

    मुक्तिनाथ विकास बैंकका सीईओ, अध्यक्ष र सञ्चालक समिति नै राष्ट बैंकको कारवाहीमा परेका छन् । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सञ्चालक समिति र सीईओमाथि कारवाही भएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई दुईपटक संस्थागत कारवाही गरिएको छ ।

    प्रोग्रेशिभ फाइनान्सको सञ्चालक समिति र सीईओले कारवाही भोगेका छन् भने गुडबिल फाइनान्सको पनि सीईओ र सञ्चालक समिति नै कारवाहीमा परेका छन् । यसैगरी, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सीईओ पनि कारवाहीमा परेका छन् ।

    नेपाल राष्ट्र बैंकले यी संस्था, संस्थाका सीईओ, सञ्चालक समिति र अध्यक्षहरुलाई बिभिन्न नियमन उल्लंघन गरेवापत चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधिमा कारवाही गरेको हो ।


    images
    images

    Logo