images
images

फागुन महिनाको लागि बैंकहरुले घटाए व्याजदर, कुनको कति ?


  • 656
    SHARES
  • २०८० माघ २९ गते सोमबार

    फागुन महिनाको लागि बैंकहरुले घटाए व्याजदर, कुनको कति ?

    काठमाडौं । वाणिज्य बैंकले फागुन १ गतेदेखि लागु हुनेगरि नयाँ व्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार फागुन महिनामा अधिकांश बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाएका हुन् । 

    २० वटा बैंकमा १६ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा व्याजदर घटाएका छन् भने ४ वटा बैंक स्थिर रहेका छन् ।  ब्याज घटाउने बैंकमा कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,प्राइम बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक सिटिजन्स र सिद्धार्थ बैंकले रहेका छन् ।  

    हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिदै ब्याजदर स्थिर राखेका छन् ।

    माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९.१५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८.२५ प्रतिशत ब्याज दिने भएको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.९० प्रतिशतविन्दु घटाएको हो। 

    bank .jpg

     

     

     


    images
    images

    Logo