images
images

२२ अर्ब रुपैयाँ ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 362
    SHARES
  • २०८० माघ २८ गते आइतबार

    २२ अर्ब रुपैयाँ ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ भने ९१ दिनको लागि ८ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँ ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

    उक्त ट्रेजरी विल २८ दिनको फागुन २९ गते परिपक्क हुनेछ । त्यस्तै, ९१ दिनको जेठ १ गते परिपक्क हुनेछ भने १८२ दिनको साउन २९ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।

    एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका हुन्छन् ।

     


    images
    images

    Logo