काठमाडौं । चालु आर्थिक वर्षको पुस महिनामा मुद्रास्फीति घटेको छ । आर्थिक वर्ष २०७९/८० को सोही समयमा ७.२६ प्रतिशत रहेको उक्त दर यसपटक ५.२६ प्रतिशत मात्रै रहेको हो ।
२०८० पुस महिनामा हिमाली क्षेत्रमा मुद्रास्फीति सर्वाधिक ६.५७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त दर ६.६९ प्रतिशत रहेको थियो । पहाडी र तराई क्षेत्रमा मुद्रास्फीति क्रमशः ५.४० प्रतिशत र ४.७८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को समिक्षा अवधिमा उक्त दर क्रमशः ७.३० प्रतिशत र ७.४९ प्रतिशत रहेको थियो ।
काठमाडौं उपत्यकाको मुद्रास्फीति यस पुसमा ५.७६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त दर ६.९३ प्रतिशत रहेको थियो ।