काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पछिल्लो समय लगातार बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ।
माघ १८ गते २० अर्ब, माघ १६ गते २० अर्ब र १७ गते ३० अर्ब गरी २ दिनमा बजारबाट ५० अर्ब तानेको राष्ट्र बैंकले मंगलबार फेरि ४० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले माघ २३ गते अथात् मंगलबार पुनः ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
१४ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलचा खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले माघ २३ गते अथात् मंगलबार दिउँसो ३ बजे बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
यो १४ दिने निक्षेप संकलन उपकरणको फागुन ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।



