images
images

ग्लोबल आईएमईका कार्डवाहक ग्राहकले दराजमा १५ प्रतिशतसम्म छुट पाउने


  • 298
    SHARES
  • २०८० माघ २२ गते सोमबार

    ग्लोबल आईएमईका कार्डवाहक ग्राहकले दराजमा १५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौं । ग्लोबल आईएमई बैंकका डेविट/क्रेडिट कार्डबाहक ग्राहकले इकमर्श प्लेटफर्म दराजमा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी बैंक र दराजबीच सम्झौता  भएको छ ।

    सम्झौताअनुसार अब बैंकका ग्राहकले डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

    डेविट कार्डबाहक ग्राहकले कुनै पनि सामानको भुक्तानीमा १० प्रतिशत अर्थात ५ सय रूपैयाँसम्म छुट पाउनेछन् भने भने क्रेडिट कार्डबाहकले १५ प्रतिशत अर्थात ७५० रूपैयाँ सम्म छुट पाउने भएका भएका छन् ।

    उक्त अफर आजदेखि तीन महिनासम्म लागू रहने बैंकले जनाएको छ ।


    images
    images

    Logo