images
images

बैंकिङ्ग प्रणालीबाट लगातार पैसा खिच्दै राष्ट्र बैंक, आज २० अर्ब तान्ने


  • 349
    SHARES
  • २०८० माघ १८ गते बिहीबार

    बैंकिङ्ग प्रणालीबाट लगातार पैसा खिच्दै राष्ट्र बैंक, आज २० अर्ब तान्ने

    काठमाडौं ।  अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पछिल्लो समय लगातार बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ। 

    माघ १६ गते २० अर्ब र १७ गते ३० अर्ब गरी २ दिनमा बजारबाट ५० अर्ब तानेको राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले आज बिहीबार माघ १८ गते पुनः २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । 

    १४ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलचा खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले माघ १८ गते अथात् आज दिउँसो ३ बजे बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

    यो १४ दिने निक्षेप संकलन उपकरणको फागुन ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।  बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

     


    images
    images

    Logo