images
images

पुनर्बीमा कम्पनीहरूले चुक्ता पुँजी २० अर्ब पुर्याउनुपर्ने


  • 378
    SHARES
  • २०८० माघ १७ गते बुधबार

    पुनर्बीमा कम्पनीहरूले चुक्ता पुँजी २० अर्ब पुर्याउनुपर्ने

    काठमाडौं ।  पुनर्बीमा कम्पनीहरुले  चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने भएको छ। पुनर्बीमा कम्पनीहरुले अबको १ वर्षभित्र न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने नेपाल बीमा प्राधिकरणले निर्णय गरेको हो। 

    तोकिएको चुक्तापुँजी पुर्याउनका लागि पुनर्बीमा कम्पनीहरुलाई सञ्चालक समितिबाट निर्णय गरी १५ दिनभित्र पुँजी योजना प्राधिकरणमा पेस गर्न निर्देशन दिइएको छ।

    नेपालमा अहिले पुनर्बीमा कम्पनी २ वटा मात्रै छन् । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी स्वामित्वको हिमालयन रि- इन्स्योरेन्स रहेका छन् । अब यी दुबै कम्पनीले चुक्ता पुँजी २० अर्ब पुर्याउनु पर्नेछ ।

    सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीको पुँजी १२ अर्ब ८१ करोड रहेको छ । त्यस्तै हिमालयन रि–इन्स्योरेन्सको पुंजी १० अर्ब मात्र छ ।

    यसअघि प्राधिकरणले जीवन बिमा कम्पनीले चुक्तापुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीले चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । 

     

     


    images
    images

    Logo