काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नौ वटा ठूला सहकारी माथि अनुगमन तथा निरीक्षण गर्न राष्ट्र बैंकलाई सिफारिस गरेको छ । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन, २०८० को सुझावअनुसार मन्त्रालयले केही ठूला सहकारीको अनुगमनका लागि बैंकलाई आग्रह गरेको हो ।
यी हुन् अनुगमनका लागि मन्त्रालयद्वारा सिफारिस गरिएका सहकारी
लालीगुराँस बहुउद्देश्यीय सहकारी, पुल्चोक
गोर्खा सेभिङ एन्ड क्रेडिट, ललितपुर
आइडियल यमुना हाम्रो बहुउद्देश्यीय, काठमाडौं
कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, काठमाडौं
गौतम श्री बहुउद्देश्यीय, काठमाडौं
राष्ट्रिय सहकारी बैंक, पुल्चोक
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था, काठमाडौं
शुभरत्न बचत तथा ऋण सहकारी संस्था, काठमाडौं
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, ललितपुर