images
images

बैंकिङ्ग प्रणालीबाट लगातार पैसा खिच्दै राष्ट्र बैंक, बुधबार थप २० अर्ब तान्ने


  • 413
    SHARES
  • २०८० माघ ९ गते मंगलबार

    बैंकिङ्ग प्रणालीबाट लगातार पैसा खिच्दै राष्ट्र बैंक, बुधबार थप २० अर्ब तान्ने

    काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पछिल्लो समय लगातार बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ।  राष्ट्र बैंकले माघ १० गते अथात् बुधबार फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो ।

    १४ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त तरलचा खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले माघ १० गते अथात् बुधबार दिउँसो २ बजे बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । 

    यो १४ दिने निक्षेप संकलन उपकरणको माघ २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। माघमा यो चौथोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो।  राष्ट्र बैंकले गत माघ ३ गते ३० अर्ब रुपैयाँ र माघ ४ गते २० अर्ब रुपैयाँ र माघ ९ गते अथात् आज ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो।

    यसअघि राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानेको छ। जसअनुसार पुसमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रुपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

     


    images
    images

    Logo