images
images

१० अर्ब ४९ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ५ अर्बको नयाँ 


  • 344
    SHARES
  • २०८० माघ ७ गते आइतबार

    १० अर्ब ४९ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक, ५ अर्बको नयाँ 

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, ९१ दिनको लागि ४ अर्ब ४९ करोड रुपैयाँ ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । जसमा ५ अर्बको नयाँ जारी गर्ने लागेको हो । 

    उक्त ट्रेजरी विल २८ दिनको फागुन ८ गते परिपक्क हुनेछ । त्यस्तै, ९१ दिनको आगामी बैशाख ११ गते परिपक्क हुनेछ । यो ट्रेजरी विल सोमबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।

    एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिल अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका हुन्छन् ।


    images
    images

    Logo