images
images

राष्ट्रपति पौडेलको उपचारका लागि सरकारद्वारा करिव १० लाख रुपैयाँ निकासा


  • 318
    SHARES
  • २०८० पौष ५ गते बिहीबार

    राष्ट्रपति पौडेलको उपचारका लागि सरकारद्वारा करिव १० लाख रुपैयाँ निकासा

    काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि सरकारले करिव १० लाख रुपैयाँ निकासा गरेको छ । २०८० साउन महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९५ हजार ९ सय ३५ रूपैयाँ उपलब्ध गराइएको उल्लेख छ।  

    अर्थ मन्त्रालयका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ अनुसार यो रकम उपलब्ध गराएको हो । अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यो रकम निकासा गरी राष्ट्रपतिको उपचारमा खर्च गरिएको उल्लेख छ । गत आर्थिक वर्षमा राष्ट्रपतिको उपचारको लागि ५५ लाख रुपैयाँ सरकारले उपलब्ध गराएको थियो ।


    images
    images

    Logo