images
images

नेपाल एयरलाइन्सको पाँच वटा जहाज लिलामीमा 


  • 318
    SHARES
  • २०८० पौष ५ गते बिहीबार

    नेपाल एयरलाइन्सको पाँच वटा जहाज लिलामीमा 

    काठमाडौं । नेपाल एयरलाइन्सले आफ्ना ५ वटा पुराना जहाज लिलामीमा राखेको छ । बिहीबार एक सूचना जारी गर्दै नेपाल एअरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जनाएको छ ।

    आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । यसका लागि आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद छ । यी जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।

    आन्तरिक उडान प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्रिएका यी जहाजबाट निगमले घाटा ब्यहोरेको थियो ।

    nepal airlines.png


    images
    images

    Logo