images
images

४६ प्रतिशत नेपाली सहज स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर


  • 369
    SHARES
  • २०८० पौष ४ गते बुधबार

    ४६ प्रतिशत नेपाली सहज स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर

    काठमाडौं । स्वास्थ्य सेवामा जनताको पहुँचको विषयमा गरिएको एक अन्तर्राष्ट्रिय अध्ययनले अझै पनि ४६ प्रतिशत नेपाली स्वास्थ्यको सर्वव्यापी पहुँच बाहिर नै रहेको देखाएको छ । सन् २०२३ को ग्लोबल मोनिटरिङ रिपोर्टले सन् २०२१ सम्ममा ५४ प्रतिशत नेपालीमात्र स्वास्थ्यको सर्वव्यापी पहुँचमा रहेको देखाएको हो । 

    सो रिपोर्टले विश्वभर ६८ प्रतिशत सर्वव्यापी पहुँचमा रहेकोमा दक्षिण पूर्वी एसियाका देशका ६२ प्रतिशत जनता पहुँचको सूचकांकमा देखाएको छ । 

    अध्ययन दिगो विकास लक्ष्य प्राप्तिका सूचकांकलाई आधार मानेर अध्ययन गरेको थियो । जसमा मातृ शिशु प्रजनन, नवजात शिशु, बालबालिका र किशोर—किशोरी स्वास्थ्य, सरुवा रोगको अवस्था, नसर्ने रोगको अवस्था र स्वास्थ्य सेवाको क्षमता र सहजतालाई हेरेको छ । 

    सो अध्ययनमा नेपालले मातृशिशु प्रजनन, नवजात शिशु, बालबालिका र किशोर—किशोरी स्वास्थ्यको क्षेत्रमा भने अन्तराष्ट्रिय क्षेत्रको भन्दा राम्रो गरेको देखाएको छ । जसमा ७८ प्रतिशत नेपालीले सेवा पाएको उल्लेख छ । अन्तर्राष्ट्रिय तथ्यांकमा यो ७५ प्रतिशत र दक्षिण पूर्वी एसियामा ६९ प्रतिशत रहेको छ ।


    images
    images

    Logo