काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदित उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले न्यायाधीशमा नियुक्त गरेका हुन् ।
न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् ।