काठमाडौं । यूएईको शारजाहबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला परेको छ । बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको हो ।
काठमाडौं सारजहाबाट आएको भए पनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी नभएको जनाइएको छ । जी ९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो ।
नवजात शिशु बालिका भएको र के कारणले यस्तो भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।