images
images

विमानस्थलमा पानी, बिस्कुट र चाउचाउ 'एमआरपी' भन्दा बढीमा बेच्न नपाइने


  • 510
    SHARES
  • २०८० पौष ४ गते बुधबार

    विमानस्थलमा पानी, बिस्कुट र चाउचाउ 'एमआरपी' भन्दा बढीमा बेच्न नपाइने

    काठमाडौं । नेपालका विमानस्थलहरुमा सञ्चालित पसलहरुले पानी, बिस्कुट, चाउचाउजस्ता आधारभूत आवश्यकताका वस्तुमा तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिन नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको सुझाव समितिले आफ्नो प्रतिवेदन बुझाउँदै यस्ता वस्तु अधिकतम खुद्रा बिक्री मूल्यमा नै बिक्री गर्नुपर्ने सिफारिस गरेको हो । 

    देशभरका विमानस्थल भित्र राखिएका वस्तु तथा सेवाको व्यापार गर्ने पसलहरुले लिन पाउने मूल्यको सीमा तोक्न नेपाल नागरिक उड्डयन प्राधिकरणले २ कात्तिकमा उच्चस्तरीय समिति गठन गरेको थियो । प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा गठन भएको समितिले मंगलबार प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको छ । 

    विमानस्थल भित्रका पसलको मूल्य बाहिर बजारको तुलनामा महँगो हुने तर उपभोक्ताबाट यसबारे पटक पटक गुनासो आइरहेपछि गत कात्तिकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल भित्र अनुगमन गरेका थिए । सो क्रममा कतिपय पसलमा एमआरपी नराखिएको र कतिपयमा महँगो मूल्य राखेको पाइएपछि विमानस्थल व्यवस्थापनले वाणिज्य विभागलाई अनुगमन गर्न भनेको थियो ।

    विमानस्थल भित्र प्राधिकरणले तोकेको मूल्यमा भाडा तिर्नुपर्ने, अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्नुपर्ने भएकाले बाहिरकै बजारको मूल्य राख्दा त्यसले गुणस्तरमा पर्ने प्रभाव समेतको अध्ययन गरी सीमा तोक्न बिहीबार प्राधिकरणले उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो ।


    images
    images

    Logo