images
images

राजधानीका यी स्थानमा ४ दिन बत्ती नआउने


  • 268
    SHARES
  • २०८० पौष ४ गते बुधबार

    राजधानीका यी स्थानमा ४ दिन बत्ती नआउने

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले बिजुली बिहान साढे ९ देखि २ बजेसम्म् विद्युत अवरुद्ध हुने जनाएको हो ।

    प्राधिकरणका अनुसार बुधबार चपली तथा बूढानीलकण्ठ र बिहीबार गोंगबु बसपार्कआसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। यस्तै शुक्रबार चपली तथा हात्तीगौँडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत अवरुद्ध हुने प्राधिकरणको सूचनामा उल्लेख छ । 

     


    images
    images

    Logo