images
images

वीर अस्पतालका निर्देशक सन्तोष पौडेललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश


  • 335
    SHARES
  • २०८० पौष ३ गते मंगलबार

    वीर अस्पतालका निर्देशक सन्तोष पौडेललाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले डा सन्तोष  पौडेलका पक्षमा अन्तरिम आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधिस सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

    यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा सन्तोष पौेडेललाई पुनः वीर अस्पतालमा पुनर्वहाली हुने बाटो खुलेको छ । 

    वीर अस्पतालका निर्देशकबाट हटाइएका डा सन्तोष पौडेलले पुनर्वहालीको माग राख्दै  सर्वोच्चमा रिट दायर गरेका थिए । स्वास्थ्यमन्त्री मोहन बस्नेतले गत मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई वीर अस्पतालको निर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए ।

    त्यसलगत्तै डा पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।


    images
    images

    Logo