काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि सरकारलाई करवापत करिव २ अर्ब रुपैयाँ बुझाएको छ । चालु आर्थिक बर्षको बजेट मार्फत शेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्था अनुसार बैंकले १ अर्ब ९२ करोड २३ लाख २९ हजार ९ सय ८१ रुपैयाँ ठुला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएको हो ।
हालै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन खारेज भएसँगै बैंकले अन्य वित्तीय संस्थासँग मर्ज हुँदा वा अन्य संस्थालाई प्राप्तिमा सौदावाजी गर्दा र फर्दर पब्लिक अफरिङ्गमा प्रिमियमवापत प्राप्त रकम समेतलाई आयकार मानी दायित्व भुक्तानी गरेको बैंकले जानकारी गराएको छ ।