images
images

एनसेलसँग कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन


  • 309
    SHARES
  • २०८० पौष ३ गते मंगलबार

    एनसेलसँग कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन

    काठमाडौं । व्यवस्थापिका–संसद् राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले बुझाउनुपर्ने  कर र गैरकर असुलउपर गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार एनसेल खरिद विक्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । 

    त्यस्तै समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउँदासम्म यसको सेयर कारोबार कुनै पनि स्वीकृत तथा सहमति नदिन पनि सरकारलाई निर्देशन दिएको समितिले जनाएको छ । 

    समितिले दूरसञ्चार ऐन र नियमावली समयसापेक्ष ल्याउन बनाउन सरकारलाई निर्देशन दिनुका साथै २०८६ मा एनसेललाई सरकारको मातहतमा ल्याउन पहल गर्न पनि सरकारलाई निर्देशन दिएको छ । 

    साथै  अहिलेसम्म एनसेलले लगेको रकम विवरण राष्ट्र बैङ्कबाट मगाउने निर्णय समितिले गरेको छ ।

    samitiko nirnaya.jpg


    images
    images

    Logo