काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ । मंगलबार बिहान ११ बजेतिर कामदार बस्ने टहरामा आगलागी भएको हो ।
आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान जलेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्षति विवरण भने आउन बाँकी रहेको छ।