images
images

सिद्धार्थ प्रिमियर इस्योरेन्सले तिर्यो प्रिमियम रकम बापतको कर 


  • 367
    SHARES
  • २०८० पौष ३ गते मंगलबार

    सिद्धार्थ प्रिमियर इस्योरेन्सले तिर्यो प्रिमियम रकम बापतको कर 

    काठमाडौं । सिद्धार्थ प्रिमियर इस्योरेन्सले पनि प्रिमियम रकम बापतको कर तिरेको छ । कम्पनीले शेयर प्रिमियमको रकमलाई निकायको आयमा समावेश गरी कर बापत १६ करोड १४ लाख ३६ हजार ६ सय ६६ रुपैयाँ ठुला करदाता कार्यालयमा दाखिला गरेको हो । 

    सरकारको निर्णयलाई सर्वोच्च अदालतले सफाई दिएपछि कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ)  मार्फत जारी गरेको सेयरबाट प्राप्त प्रिमियमको रकम र हकप्रद सेयर लिलामबाट प्राप्त भएको प्रिमियम रकमलाई आयकार मानि उक्त रकम कर बापत दाखिला गरेको हो ।

    उक्त कर २०८० मंसिर मसान्तसम्म भुक्तानी गरेमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने शुल्क तथा ब्याज छुट सुविधा हुने व्यवस्था छ । सर्वोच्च अदालतले बैंक तथा बीमा कम्पनीको रिट खारेजी गरेपछि नेकोले विगत वर्षहरुमा हकप्रद शेयरहरु बोलकबोल प्रक्रिया मार्फत बिक्री गर्दा प्राप्त भएको प्रिमियम रकमबाट कर तिरेको जनाएको छ ।

     

     


    images
    images

    Logo