काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा २० अर्ब ६१ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागको तथ्यांक अनुसार मंसिरसमम्मा १९९ वटा नयाँ उद्योगका लागि २० अर्ब ६१ करोड ५ लाख ७८ हजार रुपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएको हो ।
२०८०/८१ को मंसिर महिना सम्ममा २१ पुराना कम्पनीमा ३ अर्ब ७४ करोड रुपैयाँको लगानी प्राप्त भएको छ ।
पहिलो ६ महिनाको अवधिमा १८९ साना उद्योग, ७ मझौला उद्योग र ३ ठूला उद्योगमा लगानी प्रतिवद्धता आएक छन् ।
उक्त समयमा नेपालबाट रोयल्टीबापत ९२ करोड ४५ लाख रुपैयाँ बराबर बाहिरिएको छ । त्यस्तै, १० अर्ब ९१ करोड रुपैयाँ लाभांश फिर्ता भएको छ ।