images
images

१५ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ५ व्यापारीलाई १ लाख ७५ हजार नगद जरिवाना


  • 186
    SHARES
  • २०८० पौष २ गते सोमबार

    १५ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ५ व्यापारीलाई १ लाख ७५ हजार नगद जरिवाना

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले आइतबार १५ फर्ममाथि अनुगमन गरेको छ । आइतबार बजार अनुगमनको क्रममा विभागले मिनि मार्ट, खाद्य वस्तु पसल र फर्निचर एण्ड फिक्चर्सलाई जरिवाना गरेको हो । 

    विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।

    आइतबार विभागले १५ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ५ व्यापारिक प्रतिष्ठानलाई १ लाख ७५ हजार रुपैयाँ जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागले ढुङ्गेधारा, मध्यपुर थिमी र सूर्यविनायकमा रहेका ३ पसललाई ५०/५० हजार रुपैयाँको दरले जरिवाना गरेको छ । त्यस्तै, वांडेगाउँमा रहेको खाद्य वस्तु पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ भने टौखेल गोदावरीा रहेको मिनि मार्टलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । 

    नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।

     


    images
    images

    Logo