images
images

कारोनाको नयाँ भेरियन्ट ‘जेएन वान’ फैलिँदै, सचेत रहन डब्लूएचओको आग्रह


  • 319
    SHARES
  • २०८० पौष २ गते सोमबार

    कारोनाको नयाँ भेरियन्ट ‘जेएन वान’ फैलिँदै, सचेत रहन डब्लूएचओको आग्रह

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरुलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग र सर्तक रहन आग्रह गरेको छ । डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै यस्तो अपिल गरेको हो । 

    डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको दाबी गरेको छ ।

    यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न डब्ल्यूएचओको आग्रह छ । अहिले पनि कोरोना भाइरस फैलिरहेको र ६८ प्रतिशत कोरोना संक्रमित सबभेरियन्ट जेएन १ बाट भएको डब्लूएचओले जनाएको छ ।  


    images
    images

    Logo