काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ५ जनाको नाम सिफारिस भएको छ । छनौट समितिले आइतबार राति आवेदक १९ जनामध्ये ५ जनाको नाम सिफारिस गरेको हो ।
सर्ट लिस्टमा परेका ५ जनाको अन्तर्वार्ता यही बुधबार हुने भएको छ । सर्ट लिस्टमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) रहेका छन् । समितिले छनोट भएका पाँच जनालाई पुस ४ गते व्यवसायिक कार्ययोजनासहित प्रस्तुतिकरणका लागि उपस्थित हुन भनेको छ ।
पौडेल र पाण्डेयको अन्तर्वार्ता पुस ४ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ । गौतम, पौडेल र भट्टको भने बुधबार दिउँसो ४ देखि ७ बजेसम्म हुनेछ । बैंकले असोज २१ गते सीईओका लागि आवेदन माग गरेको छ ।