images
images

काठमाडौं महानगरपालिकामा अब दोभासे सुविधा


  • 302
    SHARES
  • २०८० पौष २ गते सोमबार

    काठमाडौं महानगरपालिकामा अब दोभासे सुविधा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं प्लाजामा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय गरेको छ । सोमबार बसेको सामाजिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    ‘नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौं,’ निर्णयका बारेमा जानकारी दिँदै समितिका संयोजक रामकुमार केसीले भने, ‘भाषा अभिव्यक्त गर्न नसकेका कारण वा आफूले अभिव्यक्त गरेको भाषा कार्यालयका अधिकारीलाई बुझाउन नसकेका कारण बहिरा तथा सांकेतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले महानगरपालिकाको सेवाबाट बञ्चित हुन नपरोस् भन्ने हाम्रो चाहना हो ।’

    केसीले कार्यालयमा उपलब्ध गराउने सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई सांकेतिक भाषाको तालिम पनि दिने बताए ।

    समितिको बैठकमा अधिकारीहरुले लघु उद्यम विकास सम्बन्धी सिप विकास तालिम, गरिव घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यका लागि तथ्यांक संकलन लगायत कार्यक्रमका बारेमा अहिलेसम्म भएका कामका बारेमा जानकारी गराएका थियो ।

    तथ्यांक अधिकृत कृष्णराज तिवारीका अनुसार सोमबार बिहान १० बजेसम्ममा तथ्यांक संकलन माग गरिएका २१ जना सुपरिवेक्षकका लागि १ हजार ९ सय जनाको र २०९ जना गणकका लागि ५ हजार ८ जनाको आवेदन प्राप्त भइसकेको छ । ६ पुससम्म अनलाइनबाट फाराम भर्ने अवधि छ ।

    यी आवेदकमध्ये शैक्षिक योग्यताका लागि ६० अंक, महानगरबासीका लागि १० अंक र तालिमका लागि १० अंक गरी ८० अंकलाई आधार मानेर स्वचालित प्रणालीबाट सर्ट लिस्ट तयार हुनेछ । यसरी छानिएकालाई २० अंकमा अन्तरवार्ता लिइनेछ ।

     

     


    images
    images

    Logo