images
images

भारतले प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आयात हुँदै


  • 393
    SHARES
  • २०८० पौष २ गते सोमबार

    भारतले प्रतिबन्ध लगाएपछि चीनबाट प्याज आयात हुँदै

    काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका व्यापारीहरुले चीनबाट प्याज आयात गर्न सुरु गरेका छन् । भारतले प्याजमा पहिले ४० प्रतिशत निर्यात कर लगाएको र पछि उत्पादन घटेको र घरेलु बजारमा मूल्य स्थिर राख्न भनी निर्यात प्रतिबन्ध लगाउँदा नेपाली बजारमा अभाव भएपछि व्यापारीहरुले चीनबाट आयात सुरु गरेका हुन् । 

    भारतले मंसिर २१ गतेबाट प्याजको आयातमा प्रतिबन्ध लगाएको थियो । नेपाली बजारमा पाइने अधिकांश प्याज भारतबाट ल्याइने हुँदा निर्यातमा प्रतिबन्ध हुँदा प्याजको भाउ आकाशिएको छ । 

    भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट प्याजको आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघले जनाएको छ । संघका महासचिव प्रकाश गजुरेलले चीनको केरुङबाट नेपालका लागि आयात सुरु गरिएको र पहिलो खेपको १०० टन प्याज बाटोमा रहेको बताए ।

    अहिले कालिमाटी बजारमा प्याजको मूल्य औसत १४३ रुपैयाँ थोकमा बिक्री भइरहेको बजार विकास समितिले जनाएको छ । उक्त प्याजको खुद्रा बजार मूल्य भने स्थानैपिच्छे फरकफरक छ । 


    images
    images

    Logo