काठमाडौंं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १७ हजार २ सय ५० रुपैयाँमा कारोबार हुनेगरी मूल्य तोकिएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।