images
images

सरकारले उखु किसानको ५२ करोड बक्यौता तत्कालै भुक्तानी गर्ने


  • 360
    SHARES
  • २०८० पौष १ गते आइतबार

    सरकारले उखु किसानको ५२ करोड बक्यौता तत्कालै भुक्तानी गर्ने

    काठमाडौं । उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ सरकारले तत्काल भुक्तानी गर्ने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।

    बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित थिए ।


    images
    images

    Logo