images
images

वायुसेवा निगमबाट ग्राउण्ड ह्याण्डलिङ खोस्ने कुनै पनि निर्णय गरिएको छैन : मन्त्रालय


  • 360
    SHARES
  • २०८० पौष १ गते आइतबार

    वायुसेवा निगमबाट ग्राउण्ड ह्याण्डलिङ खोस्ने कुनै पनि निर्णय गरिएको छैन : मन्त्रालय

    काठमाडौं । नेपाल वायुसेवा निगमले गरिरहेको ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे कुनैपनि निर्णय नभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्ट पारेको छ । आइतबार मन्त्रालयले नेपाल एयरलाइन्समा क्रियासिल ट्रेड युनियनलाई पत्र पठाउँदै उक्त सेवा निगमसँग खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको हो । 

    साथै सरकारले निर्णय नगरेसम्म निगमको भूमिस्थ सेवा सोही कम्पनीमै रहने समेत जानकारी दिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसी प्रतिस्पर्धामा लैजाने निर्णय गरेसँगै निगमका कर्मचारीहरु आन्दोलित छन् । आज आन्दोलनको १२ औं दिन पुगेको छ ।

    निगमको मुख्य आम्दानीको स्रोत नै त्रिभुवन विमानस्थलको भूमिस्थ सेवा हो ।

    letter of ground handeling.jpg


    images
    images

    Logo