images
images

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 554
    SHARES
  • २०८० पौष १ गते आइतबार

    १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । आज सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

    शुक्रबार प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार २ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४ सय ५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo