images
images

राष्ट्रियसभा चुनावका लागि १२ वटा दल दर्ता


  • 322
    SHARES
  • २०८० मंसिर ३० गते शनिबार

    राष्ट्रियसभा चुनावका लागि १२ वटा दल दर्ता

    काठमाडौं । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा सहभागी हुन १२ वटा राजनीतिक दल दर्ता भएका छन् । दल दर्ताको अन्तिम दिन  शुक्रवारसम्म १२ वटा दलले आवेदन दिएका निर्वाचन आयोगले जनाएको छ ।

    दल दर्ताका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी लगायतले आवेदन दिएका छन् । आवेदन परेका दलको निवेदनमाथि आइतवार जाँचबुझ गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० वटा पद रिक्त हुँदैछ । माघ ११ गते १९ पदका लागि चुनाव हुनेछ भने एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।


    images
    images

    Logo