images
images

पल शाहविरुद्धको मुद्दा सर्वोच्चले दोहोर्‍याएर हेर्ने


  • 381
    SHARES
  • २०८० मंसिर ३० गते शनिबार

    पल शाहविरुद्धको मुद्दा सर्वोच्चले दोहोर्‍याएर हेर्ने

    काठमाडौं । अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ । उनी नाबालिकालाई बलात्कार गरेको अभियोग लागेर १ बर्ष जेलमा बसेर सफाई पाएर बाहिर निस्केका थिए ।

    जिल्ला अदालत, नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, पोखराले शाहलाई सबै अभियोगबाट सफाइ दिएको थियो ।

    नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो। शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्द अभियोगबाट सफाइ दिएको थियो ।

    अभिनेता शाहलाई सफाइ दिने उच्चको फैसला त्रुटि रहेको भन्दै सरकारले मुद्दा दोहोर्‍याइ हेर्न दिएको निवेदनमा सर्वोच्चले अनुमति दिएको हो ।

     


    images
    images

    Logo